बुधबार, भाद्र २४ गते २०८३
images

पुनरागमन जितसँगै मनाङ दोस्रो स्थानमा

एक्सप्रेस पाना
चैत्र ४, २०७९ शनिबार
  • 302
    SHARES
  • पुनरागमन जितसँगै मनाङ दोस्रो स्थानमा

    काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत पाँचौं चराणको अन्तिम खेलमा मनाङ मर्स्याङदी क्बलले विभागिय टोली नेपाल एपिएफ फुटबल क्बलमाथि पुनरागमन जित निकालेको छ । 

    images

    शनिबार दशरथ रंगशालामा भएको खेलमा मनाङले एपिएफमाथि २-१ गोलको जित निकालेको हो । 

    खेलको ३५औं मिनेटमा एपिएफका लागि गोल अर्मान्ड बिडोमले गर्दै सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा एक शून्य गोलले पछि परेको मनाङले दोस्रो हाफमा शानादर पुनरागमन जित निकाल्यो । 

    images

    खेलको ५२औं मिनेटमा मनाङका लागि कमल थापाले गोल गरि खेल १-१ गोलको बराबरी अबस्थामा ल्याए । त्यसपछि दोस्रो हाफमा मैदान प्रवेश गरेका सेदजामोल दाभ्लातजोनोभ ७२औं मिनेटमा गोल गरि २-१ गोल मनाङको जित पक्का गरे 

    उक्त जितसँगै मनाङले ५ खेलबाट ११ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । यता पराजित एपिएफ भने समान खेलबाट ७ अंकसहित छैटौं स्थानमा रहेको छ ।  

  • सम्बन्धित विषय:

  • # फुटबल