काठमाडौँ । साउदी प्रो लिग फुटबल अन्तर्गत अल नासरले अभा क्लबलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा अल नासरले अभालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
१-० गोल अन्तरले पछाडी परेको अल नासरलाई क्रिस्टियानो रोनाल्डो र टालिस्काले गोल गर्दै जित दिलाएका थिए ।
रोनाल्डोले खेलको ७८औं मिनेटमा फ्रिकिकमार्फत सुन्दर गोल गर्दै बराबरी गोल गरेका थिए भने टालिस्काले खेलको ८६औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै विजयी गोल गरेका थिए । यस अघि खेलको २६औं मिनेटमा अब्दुलफलफथ मोहमदले गोल गर्दै अभालाई शुरुवाती अग्रता दिलाएका थिए ।
यस खेलमा खेलको ८०औं मिनेटमा जाकिरिया सामीले रातो कार्ड पाएपछि अभा १० खेलाडीमा सिमित भएको थियो ।
उक्त जितसँगै अल नासरको २१ खेलमा ४९ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । अल नासर शिर्ष स्थानमा रहेको अल इत्तिहाड भन्दा एक अंकले पछाडी रहेको छ ।
त्यस्तै अभाको २१ खेलमा २३ अंक छ र लिगमा १२औं स्थानमा छ ।


