काठमाडौं । म्यानचेस्टर सिटी एफ ए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार राति भएको खेलमा सिटीले बर्नलीलाई ६-० गोलले हराएको हो ।
सिटी जितमा एर्लिङ हालान्डले ह्याट्रिक गोल गर्दा जुलियन अल्भारेजले दुई तथा कोल पाल्मेरले एक गोल थपे ।
यसअघि हालान्डले च्याम्पियन्स लिगको प्रि-क्वाटरफाइनलको दोस्रो लेगमा जर्मन क्लब आरबी लाइप्जिगमाथि ७-० को जितमा ह्याट्रिकसहित ५ गोल गरेका थिए । हालान्ड च्याम्पियन्स लिगमा सबैभन्दा छिटो ३० गोल गर्ने र कान्छा खेलाडी समेत बनेका छन् ।
२२ वर्षीय हालान्डले यो सिजनका सबै प्रतियोगितामा गरी ४२ गोल गरिसकेका छन् । सिटीबाट एकै सिजनमा यति धेरै गोल गर्ने उनी एक्ला खेलाडी बनेका छन् ।


