बुधबार, भाद्र २४ गते २०८३
images

थ्री नेसन्स कपको विजेताले ५ हजार अमेरिकी डलर पाउने

एक्सप्रेस पाना
चैत्र ६, २०७९ सोमबार
  • 219
    SHARES
  • थ्री नेसन्स कपको विजेताले ५ हजार अमेरिकी डलर पाउने

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यहि २०७२ फागुन ८ देखि १७ गते सम्म नेपाल, भुटान र लाओस सम्मिलित प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबल प्रतियोगिताको विजेताले नगद ५ हजार अमेरिकी डलर पाउने भएको छ । 

    images

    सोमबार आयोजक एन्फाले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको बारेमा जानकारी गराएको हो । नेपालसहित तीन राष्ट्रले खेल्ने यी सबै खेल दशर रंगशालामा सिङ्गल राउन्ड रोबिन आधारमा हुनेछ । 

    जसमा शीर्ष २ मा रहने टोलिले फाइनल खेल खेल्नेछ । प्रतियोगिता फिफा विन्डो अन्तर्गतका मितिहरुमा खेलिने एन्फाले जनाएको छ ।

    images

    यस्तै प्रतियोगिताका लागि सहभागी हुन भुटान र लावस नेपाल आइसकेको छ । 

    प्रतियोगिताको लागि एन्फाले एमडिएसी स्पोर्ट्स प्रा.लि. सँग मार्केटिङ र ब्रोडकास्टिङ अधिकारको लागि सम्झौता गरेको छ । 

    प्रतियोगिताको लागि यसअघि नै एन्फाले साधारण पारापिटतर्फ ५०० र भीआइपी पारापिटतर्फ १००० टिकट दर तोकिसकेको छ । 

    प्रतियोगिताको उपविजेताले ३,००० अमेरिकी डलर, हरेक खेलको म्यान अफ द म्याचलाई २५० अमेरिकी डलर र प्रतियोगिताको उत्कृष्ट खेलाडीलाइ ५०० अमेरिकी डलर गरि कुल ९,५०० अमेरिकी डलर पुरस्कार प्रदान गरिने छ । पुरस्कार राष्ट्रिय खेलकुद परिषद्ले उपलब्ध गराउने जानकारी गराउदछु ।

    यस्तै प्रतियोगिताको अनुमानित बजेट एक करोड सतहत्तर लाख अठ्सट्ठी हजार चारसय अस्सी रुपैया रहेको छ ।

  • सम्बन्धित विषय:

  • # फुटबल