बुधबार, भाद्र २४ गते २०८३
images

नेपाल भारतसँग पराजित

एक्सप्रेस पाना
चैत्र ६, २०७९ सोमबार
  • 220
    SHARES
  • नेपाल भारतसँग पराजित

    काठमाडौं । बंगलादेशको राजधानी ढाकामा आजबाट सुरु भएको यू-१७ महिला साफ च्याम्पियन्सीप फुटबलमा नेपाल उद्घाटन खेलमा भारत सँग पराजित भएको छ । 

    images

    केहि समय अघि सकिएको खेलमा नेपाल भारतसँग ४-१ गोलले पराजित भएको हो । 

    पहिलो हाफमै ३-० गोलले पछि परेको नेपालले दोस्रो हाफमा एक गोल गर्दा एक गोल खाएको थियो । 

    images

    भारतको जितमा शिल्जी शाजीले ह्याट्रिक पूरा गर्दा पूजाले एक गोल गरिन् । नेपालका लागि वर्षा ओलीले एक सान्त्वना गोल फर्काईन् । 

    उक्ता हारसँग नेपालले प्रतियोगिता हारबाट सुरुवात गरको छ । जितसँगै भारतले पहिलो खेलमा ३ अंक जोडेको छ । 

    प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रसियाको सहभागिता रहेकोछ ।

    अब नेपालले दोस्रो खेलमा बुधबार भुटानसँग खेल्नेछ । त्यस्तै अर्को आइतबार रुससँग खेल्नेछ ।

    नेपालले अर्को हप्ताको मंगलबार आयोजक बंगलादेशसँग खेल्नेछ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।

  • सम्बन्धित विषय:

  • # फुटबल