आइतबार, भाद्र २८ गते २०८३
images

खसी बोकालाई किन लगाइयो महिलाले तीन महिने संगिनी सुई ?

एक्सप्रेस पाना
चैत्र १५, २०७९ बुधबार
  • 388
    SHARES
  • खसी बोकालाई किन लगाइयो महिलाले तीन महिने संगिनी सुई ?

    गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकामा परिवार नियोजनको अस्थायी साधनको रुपमा महिलाले प्रयोग गर्ने तीन महिने संगिनी सुइ बोका, पाठामा लगाएको पाइएको छ ।

    images

    गाउँपालिकाको वडा नम्बर १ नयाँगाउँ र वडा नम्बर ७ वाग्लाका निजी क्षेत्रमा काम गर्ने पशु प्राविधिक तथा ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताहरूले बोको पाठालाई संगिनी सुइ लगाएका हुन् । यस्तो कार्य गरेको पाइएपछि गाउँपालिकाले सूचना जारी गर्दै मानव स्वास्थ्यमा दीर्घकालिन असर पर्न सक्ने भन्दै सो कार्य रोक्न निर्देशन दिएको छ ।

    आगामी दिनमा यस्तो कार्य गर्ने गराउने गरेको पाइएमा कानुन बमोजि सजाय दिने भन्दै संगिनी सुइ लगाउन तत्काल रोक्न गाउँपालिकाले सूचनामार्फत आग्रह गरेको छ । संगिनी सुई लगाएपछि खसी बोका छिटो मोटाउँछन् भन्ने गलत मान्यता रहेको छ ।

    images