शनिबार, भाद्र २७ गते २०८३
images

आज थप ४२ जनामा कोरोना संक्रमण

एक्सप्रेस पाना
चैत्र १६, २०७९ बिहीबार
  • 220
    SHARES
  • आज थप ४२ जनामा कोरोना संक्रमण

    काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपराह्न सार्वजनिक गरेको विवरणअनुसार ९१५ नमुना परीक्षण गर्दा ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

    ३०० पीसीआर परीक्षण गर्दा ३७ जनामा र ६१५ एन्टिजेन परीक्षण गर्दा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    images

    साथै पछिल्लो २४ घण्टामा १७ जना कोरोना भाइरस संक्रमण मुक्त हुँदा ४१ हजार ४०९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । 

    यसअघि हिजो ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।