आइतबार, भाद्र २८ गते २०८३
images

किन आउँछ अनुहारमा डण्डीफोर, कसरी बच्ने?

एक्सप्रेस पाना
चैत्र १९, २०७९ आइतबार
  • 429
    SHARES
  • किन आउँछ अनुहारमा डण्डीफोर, कसरी बच्ने?

    काठमाडौँ । युवा अवस्थामा प्रवेश गरेपछि मानिसको अनुहारमा डण्डीफोर आउँछ । यसले कतिपय युवायुवतीको अनुहारै कुरुप बनाइदिन्छ । डण्डीफोर आउँदा खानेकुरा बार्नु पर्छ भन्ने छैन । तर चिल्लो पदार्थ धेरै मात्रामा खाने र राती ढिलोसम्म बस्नाले डण्डीफोर फैलन सहयोग पुग्छ । 

    images

    उमेरले आउने डन्डिफोर एकपटक आउ“छ, हराएर जान्छ । आफैँ हराएन भने चिकित्सकको सल्लाह अनुसार डण्डीफोरको उपचार गर्नेपर्ने हुन्छ । डण्डीफोर हटाउने नाममा जथाभावी औषधि प्रयोग गर्ने, हातले चलाउने र जबजस्ती निर्चोर्ने काम गर्नु हुँदैन । यसले गर्दा बिग्रेर अनुहार कुरुप हुन सक्छ ।

    अनुहारमा डण्डीफोरको कारण
    युवावस्थामा हार्मोनको बृद्धि
    पेटको खराबी
    रगतको कमी
    छाला फोहोर हुनु
    विभिन्न प्रकारका क्रिम मलमको प्रयोग
    भिटामिन ‘ए’को कमी
    चिल्लो पदार्थको बढी सेवन
    महिनावारीमा खराबी
    पेय पदार्थको असर

    images

    डण्डीफोरबाट कसरी बच्ने?
    डण्डीफोरबाट बच्नका लागि सुत्नुअघि तातो पानीले मुख धुने र अनुहारमा तातो पानीको बाफ दिने गर्नुपर्छ । बिहान सबेरै उठ्ने बानी बसाल्नु पर्छ र सुर्याेदय भन्दा अगाडि नै घुम्न जाने गर्नुपर्छ । त्यस्तै सुत्नुभन्दा अगाडि जैतुनको तेल अथवा जाइफल दुधमा घोटेर लगाउनाले पनि डण्डीफोरको फैलावटका कमी आउने गर्छ । डण्डीफोरबाट बँच्नका लागि बिहानै शौचालय जाने वानी बसाल्नुपर्छ ।