काठमाडौँ । नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमण बढेको देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जसमा पिसिआर परिक्षणबाट ६४ र एन्टीजेन परिक्षणबाट १६ जनालाई संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा १११७ नमुना परिक्षण गरिएको छ।
६५१ एन्टिजेन परीक्षण गर्दा १६ जनामा र ४६६ पीसीआर परीक्षण गर्दा ६४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। अहिले मुलुकमा सक्रिय संक्रमितको संख्या २७९ रहेको मन्त्रालयले जनाएको छ।


