शनिबार, भाद्र २७ गते २०८३
images

आज थप १२४ जनामा कोरोना संक्रमण पुष्टि

एक्सप्रेस पाना
चैत्र २७, २०७९ सोमबार
  • 236
    SHARES
  • आज थप १२४ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा आज थप १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९०३ पीसीआर र १ हजार ६६३ एन्टिजेन गरी कुल २ हजार ५६६ जनाको परीक्षणमा ऊक्त संख्यामा संक्रमित देखिएका हुन् ।

    images

    पीसीआरमा ७७ र एन्टिजेन परीक्षणमा ४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ भेरिएन्ट देखिएसँगै संक्रमितको संख्या केही हप्तायता बढ्दो क्रममा छ । हाल सक्रिय संक्रमितको संख्या ४४४ पुगेको छ । 

    मन्त्रालयको नियमित कोभिड अपडेट अनुसार हाल संस्थागत आइसोलेसनमा २१ जना, आईसीयूमा १० जना र भेन्टिलेटरमा ४ जना रहेको देखिएको छ । 

    images