काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५४१ पीसीआर र ९४७ एन्टिजेन गरी कुल १४ सय ८८ जनाको परीक्षणमा ऊक्त संख्यामा संक्रमित देखिएका हुन् ।
पीसीआरमा ६४ र एन्टिजेन परीक्षणमा ४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ भेरिएन्ट देखिएसँगै संक्रमितको संख्या केही हप्तायता बढ्दो क्रममा छ । हाल सक्रिय संक्रमितको संख्या ४३५ पुगेको छ ।
मन्त्रालयको नियमित कोभिड अपडेट अनुसार हाल संस्थागत आइसोलेसनमा २७ जना, आईसीयूमा १२ जना र भेन्टिलेटरमा ३ जना रहेको देखिएको छ ।


