मेलम्ची । सिन्धुपाल्लचोक जिल्लाको हेलम्बु गाउँपालिकाको आयोजनामा महिला विशेष पाठेघरको क्यान्सर र आङ खस्ने समस्या सम्बन्धि ६ दिने शिविर सम्पन्न भएको छ । गत चैत्र २४,२५,२५ गते पहिलो चरण र यहि वैशाख ४,५,६ दोश्रो चरण गरी २ चरणमा शिविर आयोजना गरिएको थियो । ६ दिनमा ५८० जना महिलाहरुले सेवा लिएको हेलम्बु गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख विदुर ज्योतिले जानकारी दिनुभयो ।
उक्त शिविरमा ६७ जनाको भि।आई।ए पोजिटीभ भएको पाइएको थियो । आङ खस्ने समस्या अन्तरगत पहिलो डिग्रीको समस्या ३४ जनामा, दोश्रो डिग्रीको ३२ जनामा तेश्रो डिग्रीको ५ जनामा र चौथो डिग्रीको १ जनामा देखिएको हेलम्बु गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत अहेव रिता बस्नेतले जानकारी दिनुभयो । २ जनामा क्यान्सरको लक्षण देखिएर रिफर गरिएको र आङ खस्ने समस्या देखिएका ६ जनालाई हेलक्बु गाउँपालिका स्वास्थ्य कार्यलय सिन्धुपाल्चोक र शिर मेमोरियल अस्पतालको सहयोगमा निः शुल्क शल्यकृया गर्न व्यवस्था मिलाइएको हेलम्बु गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विदुर ज्यातीले जानकारी दिनुभयो ।

