भदौ २८ काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ५३९ जनामा परीक्षण गर्दा जनामा १४८६ संक्रमण देखिएको हो ।
आज थपिएकासँगै नेपालमा सक्रिय संक्रमित २६ हजार ६३० जना रहेका छन् । यस्तै आज संक्रमणबाट एक हजार २६० जना संक्रमण मुक्त भएका छन् ।
यस्तै संक्रमणबाट विगत २४ घण्टामा १६ को ज्यान गएको छ । हालसम्म नेपालमा कूल १० हजार ९६५ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् ।

