भदौ २९ काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १५६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ४४३ जनामा परीक्षण हुँदा हालसम्म कुल ४५ लाख ६५ हजार ०२४ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ६६ हजार ९०५ पुगेको छ ।
आज थपिएकासँगै नेपालमा सक्रिय संक्रमित २६ हजार २०२ जना रहेका छन् । यस्तै आज संक्रमणबाट १ हजार ५८९ जना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ४२ हजार ३०६ पुगेको छ । यस्तै संक्रमणबाट विगत २४ घण्टामा १९ को ज्यान गएको छ । हालसम्म नेपालमा कूल १० हजार ९८४ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् ।


