आइतबार, भाद्र २८ गते २०८३
images

जलवाइ देविमा पुर्व विद्यार्थी समाज अक्षयकोष स्थापना तथा शैक्षिक सामग्री वितरण कार्यक्रम

एक्सप्रेस पाना
जेठ १७, २०८० बुधबार
  • 568
    SHARES
  • जलवाइ देविमा पुर्व विद्यार्थी समाज अक्षयकोष स्थापना तथा शैक्षिक सामग्री वितरण कार्यक्रम

    जलवाइ देवि पुर्व विद्यार्थी समाज अक्षयकोष स्थापना तथा सांस्कृतिक कार्यक्रम साथै पोषाक एवं शैक्षिक सामग्री वितरण कार्यक्रम मेलम्ची ८ केउरिनिमा सम्पन्न भएको छ । जलवाइ देवि माध्यमिक विद्यालय तथा वडा बाल संजालको आयोजना ,भुजेल मानवसेवा संस्कृति पुजा केन्द्रका प्रोपाइटर प्रकाश भुजेलको पोषाक ब्यबस्थापन तथा वडा नम्बर ८को ब्यबस्थापन सहयोगमा भएको कार्यक्रममा २७६ जना विद्यार्थी हरुलाइ पोषाक वितरण गरिएको शिक्षक सुवास गिरिले जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले शिक्षामा परिवर्तन ल्याउनका लागी प्राविधिक धारतर्फ कक्षा ९ देखी १२ सम्म अध्ययनरत विद्यार्थीहरुको लागी क्षात्रावृद्धि प्रदान गरेको बताउनुभयो । 

    images

    उहाँले शिक्षा ऐनको बारेमा जानकारी गराउदै गुणस्तरीय शिक्षा प्रदानको लागी नगरपालिका सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले आमाबुबा नभएका तथा आर्थिक हिसाबले कमजोर विद्यार्थीहरुलाइ ब्यक्तिगत रुपमा भएपनि सहयोग गर्ने भन्दै शिक्षा बाट कोहिपनि बन्चित हुन नहुने बताउनुभयो । उहाँले विद्यालयको सौचालय लगायत विभिन्न संरचना निर्माणका लागि नगरको तर्फबाट १० लाख बजेट विनियोजन गर्ने उद्घोष गर्नुभयो । उहाँले अक्षय कोषमा के वि एण्ड स्याङ्बो कन्स्ट्रक्सनको तर्फबाट ५१ हजार ५ सय रुपैयाँ सहयोग गर्नुभयो । उहाँले सहयोग गरिरहदा मेयरशाप जिन्दावादको नारा गुन्जिएको थियो । उहाँले अक्षयकोष स्थापनाको लागी विद्यालय परिवारलाई धन्यवाद दिदै आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । उहाँले निजि बिद्यालयको तुलनामा सरकारी विद्यालयको शैक्षिक गुणस्तर कमजोर हुनेगरेको उल्लेख गर्दै यो बिषयमा नगरले अध्ययन गरिरहेको बताउनुभयो । 

    नगरप्रमुख तामाङ्ले शिक्षकहरुलाइ राजनीति नगर्न आग्रह गर्दै शिक्षण सिकाइमा जोडदिन आग्रह गर्नुभयो । कार्यक्रमका विशेष अतिथि भुजेलले आफ्ना विगतलाइ स्मरण गर्दै विद्यार्थीहरुमा लगनशील भएर पढ्न आग्रह गर्नुभयो । उहाँले विद्यार्थीहरुमा पढाई प्रति लगनशील बनाउनका लागी पोषाक सहित शैक्षिक सामाग्री वितरण गरिएको बताउनुभयो । दु:खमा नआत्तिन र सुखमा नमात्तिन आग्रह गर्दै संघर्ष गर्दै अगाडि बढ्न सुझाव दिनुभयो । उहाँले मेलम्चीको छोरा भएकाले यहाँका मानिसहरुमा जुनसुकै दु:ख पर्दा आफु सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले आफुले कहिल्यै फट्याइ नगर्ने भन्दै फट्याइ गर्न परेमा संसार नै छोड्ने बताउनुभयो । विद्यालयले स्थापना गरेको अक्षयकोषमा ५० हजार सहयोग गर्दै भुजेलले आगामी दिनमा पनि निरन्तर सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । 

    images

    कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष जितबहादुर तामाङ्ले विद्यालय तथा वडाको समग्र विकासको बारेमा आफ्नो भनाइ राख्नुभएको थियो । कार्यक्रममा विभिन्न कलाकार तथा विद्यार्थीहरुले आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए भने नगर प्रमुख तामाङ ,तान्त्रिक गुरु भुजेल, लगायत विद्यालयको अक्षयको कोषमा सहयोग गर्ने ब्यक्ति हरुलाइ सम्मान गरिएको थियो । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष विनय तामाङ्को अध्यक्षतामा भएको कार्यक्रम शिक्षक सुवास गिरिले संचालन गर्नुभएको थियो ।