काठमाडौं । नेशनल नेचर केयर अस्पताल अत्याधुनिक कम्प्युटराज्ड प्रविधिबाट सम्पूर्ण शरीरको जाँच गरी समन्वयात्मक तरिकाद्वारा उपचार गरिने नेपालकै प्रथम आयुर्वेदिक अस्पतालको रुपमा परिचित रहेको छ ।
यो अस्पताल नयाँ बानेश्वरस्थित एनसेल एन्डरको ५ घर माथि मुख्य सडकको छेउमै रहेको ।
विगत लामो समयदेखि दक्ष र विषेशज्ञ चिकित्सकहरु तथा कर्मचारीहरुको कुशल कार्यक्षमता सेवा प्रदान गर्ने यस अस्पतालको अर्को विशेषता हो ।
सस्तो शुलभ र प्रभावकारी रुपमा उपचार दिँदै आएको यो अस्पताल दीर्घ रोगबाट पीडित एवं आर्थिक रुपमा कमजोर रोगीहरुको लागि पनि एक बिकल्पको रुपमा स्थापित भएको छ ।
यश अस्पतालमा आकस्मिक तथा जीर्ण रोगीहरुका लागि गुणस्तरीय र प्रभावकारी मात्र नभई भविष्यमा रोग लाग्नै नदिने साथै रोकथाम एवं पुनर्स्थापना सम्बन्धि स्वास्थ्य सल्लाह र सुझावहरु दिइन्छ, साथै जीवनशैली परिवर्तन, विभिन्न स्वास्थ्य मूलक जनचेतनाका कार्यक्रमहरु यस अस्पतालका विशेष सेवाहरु हुन् ।
यस अस्पतालमा अन्तरङ्ग तथा बहिरङ्ग सेवाका लागि अनुभवी एवं विशेषज्ञ चिकित्सकहरु कार्यरत रहेको हुँदै सेवाग्राहीहरुले ठूलो लाभ लिन पाउनेछन् ।
नेचर केयर अस्पतालले नेपालमै पहिलो पटक अत्याधुनिक कम्प्युटराज्ड नाडी परिक्षण प्रविधि (Pulse analysis system) बाट शरीरका १० मुख्य अङ्ग मुटु, कलेजो, फोक्सो, मृगौला, सानो आन द्रा, ठूलो आन्द्रा, फियो, पित्त थैली, पिशाव थैली आदिको अवस्था बारे जानकारी गराउनुका साथै यस प्रविधिबाट हाम्रो शरीरका अङ्गहरूमा आइसकेको समस्या तथा भविष्यमा आउनसक्ने समस्याको समेसंत गर्दछ ।
जसको पूर्व जानकारी पाई यसको रोकथाम तथा उपचार गर्न मद्धत गर्दछ ।
नेशनल नेचर केयर अस्पतालमा उपलब्ध सेवाहरु:
आयुर्वेद, एकुपञ्चर, फिजिरोथेरापी, लेजर थेरापी, प्याथोलोजी, पञ्चकर्म, स्नेह: (आयुर्वेद मसाज), पोटली मसाज, शिरोधारा, शिरोवसि्त, नेत्रवस्ति, स्थानिक वस्ति, नस्य, आयुर्वेददिक वाष्प स्नान, पिण्ड स्वेद, क्षार सुत्र, नेचुरोप्याथी/ प्राकृतिक चिकिस्सा, योग एवं ध्यान आदि ।


