शनिबार, भाद्र २७ गते २०८३
images

पछिल्लो २४ घण्टामा थप १ हजार ७६० जनामा कोरोना पुष्टि, ७ को मृत्यु

एक्सप्रेस पाना
भाद्र ३०, २०७८ बुधबार
  • 454
    SHARES
  • पछिल्लो २४ घण्टामा थप १ हजार ७६० जनामा कोरोना पुष्टि, ७ को मृत्यु

    भदौ ३० काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप १ हजार ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ८४४ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार १२ हजार ५२४ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ३३२ जना र ४ हजार ३२० जनाको एन्टिजेन परीक्षण गर्दा ४२८ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै काठमाडौं उपत्यकामा ४९५ जनामा कोरोना पुष्टि भएको छ ।

    मन्त्रालयका अनुसार काठमाडौंमा ३६० जना, ललितपुरमा ७२ जना र भक्तपुरमा ६३ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै विगत २४ घण्टामा १ हजार २२० जना संक्रमणमुक्त भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।

    images