आइतबार, भाद्र २८ गते २०८३
images

निशुल्क आखा जाँच सिविर भव्यताका साथ सम्पन्न

एक्सप्रेस पाना
आषाढ ९, २०८० शनिबार
  • 305
    SHARES
  • निशुल्क आखा जाँच सिविर भव्यताका साथ सम्पन्न

    लायन्स क्लब अफ पोखरा माउण्टेन भ्यू सिटी र लियो क्लव अफ पोखरा सिल्भर माउण्टेन्सको संयुक्त आयोजनामा पोखरा २६ तालवेशीमा आज सम्पन्न भएको छ। 

    images

    लायन्स इन्टरनेसनल डिस्ट्रीक ३२५के का गभर्नर लायन राजेन्द्र कुमार वाटाजु ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रमको अध्यक्षता लायन माधव प्रसाद तिमिल्सिना गर्नु भएको थियो । 

    No description available.

    images

    यस वर्ष डिस्टीक ले मोतियाबिन्दुको अपरेसनको लागि प्रति विरामी रू ११०० र कल्वको तर्फ वाट रु.११०० गरी रु.२२०० उपलब्ध गराई मोतियाबिन्दुको अप्रेसन लाई सहजता वनाउने कार्यक्रम वर्ष भरी संचालन गरेको लायन राजेन्द्र कुमार वाटाजु ज्यूले जानकारी गराउनु भएको थियो। 

    लियो कल्वका अध्यक्ष लियो आशीष लामिछाने ले कार्यक्रम सञ्चालन गर्नु भएको थियो र कार्यक्रम संयोजक लायन हरु प्रसाद अधिकारी ले स्वागत मन्तव्य राख्नु भएको थियो भने क्याविनेट सेक्रेटरी लायन मिनराज काफ्ले, रिजन च चियरपर्सन लायन टिकाराम सुवेदी, आमा समूहका अध्यक्ष मिरा भण्डारी, आमा समुहका पुर्व अध्यक्ष एवं वरिष्ठ सल्लाहकार मिठुदेवी ढुङ्गा ले उद्घाटनको समयमा सुभकामना व्यक्त गर्दै कार्यक्रमको उच्च प्रसंशा गर्नु भएको थियो। 

    सिविर हिमालय आखा हस्पिटल पोखराको प्राविधिक सहयोगमा सन्चालन भयको हो । पोखरा २६ तालवेशीको शान्ति प्रेमी आमा समूह को भवनमा संचालन भएको सिविरमा २२१ जना स्थानीय ले आँखा चेकजाँच गराएका थिए ।