आइतबार, भाद्र २८ गते २०८३
images

के चकलेटले इनर्जी दिन्छ ?

एक्सप्रेस पाना
आषाढ १२, २०८० मंगलबार
  • 256
    SHARES
  • के चकलेटले इनर्जी दिन्छ ?

    चकलेट : चकलेटका पनि धेरै फाइदा छन् । यसमा फाइबर पर्याप्त हुन्छ । यसले इनर्जी दिन्छ । तर, चिनीबाट बनेको चकलेट भने स्वास्थ्यका लागि राम्रो मानिदैन ।

    images

    कोकोआ प्लान्टबाट बनेका डार्क चकलेट राम्रा हुन्छन् । केक बनाउँदा पनि यसको प्रयोग गर्ने गरिन्छ ।

    नट्स : बदाम, काजु, आल्मोन्ड, ओखर, कटुस नट्सअन्तर्गत पर्छन् । प्रशस्त प्रोटिन र क्याल्सियम पाइने भएकाले स्वास्थ्यका दृष्टिकोणले यो राम्रो मानिन्छ ।

    images

    दिनमा दुई वा तीनवटा नट्स खानु स्वास्थ्यका दृष्टिकोणले राम्रो हुन्छ । तर, अत्यधिक सेवन गर्न भने हुँदैन । हड्डीलाई मजबुत बनाउने कामसमेत यसले गर्छ । रोगप्रतिरोधी क्षमता बढाउँछ । ओखरले दिमागको मेमोरी पावर बढाउँछ ।

    किसमिस : किसमिस सिट्रस फुड हो । यसमा आइरन पोटासियम, क्याल्सियम तथा फाइबर प्रशस्त मात्रामा पाइन्छ । जो स्वास्थ्यका लागि लाभदायक छ ।

    फलफूल : फलफूलका फाइदै फाइदा छन् । हरेक फलफूलका अलग विशेषता हुन्छन् । अम्लीय पदार्थ दिने फलहरू ज्यामिर, मौसम, सुन्तला, भोगटे, कागती, भुइँकटहरमा भिटामिन डी र सी पर्याप्त पाइन्छ ।