आइतबार, भाद्र २८ गते २०८३
images

मोबाइल प्रयोगले बालबालिकामा एकोहोरो हुने, रिसाउने, झर्किने जस्ता समस्या

एक्सप्रेस पाना
आषाढ १२, २०८० मंगलबार
  • 391
    SHARES
  • मोबाइल प्रयोगले बालबालिकामा एकोहोरो हुने, रिसाउने, झर्किने जस्ता समस्या

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालायले बालबालिकामा मोबाइलको प्रयोगले सर्वाङ्गीण विकासमा असर पार्ने जनाएको छ । 

    images

    मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले मस्तिष्क विकास हुने अधिकतम उमेरमा मोबाइलको लत लागेमा बालबालिकाको सर्वाङ्गीण विकासमै असर पुग्ने बताउनुु हन्छ ।

    बालबालिकाले मोबाइल फोन चलाउँदा निद्रा ढिलो लाग्ने, निद्रा पातलो हुने र निद्राबाट पटक पटक ब्युँझिने समस्या देखिन सक्नेजस्ता समस्या हुनेमा जोड दिँदै  उहाँले बालबालिकालाई मोबाइल फोनसँग टाढा राख्न अभिभावकलाई अनुरोध गर्नुभएको छ । 

    images

    यसैगरी बालबालिकाका आमा र बुबा तथा अभिभावकलाई आफ्नो सजिलो र छिटोका लागि बालबालिकालाई मोबाइल देखाएर खानेकुरा नखुवाउनसमेत आग्रह गरिएको छ । 

    मोबाइल देखाएर बालबालिकालाई खाना खुवाउनाले बालबालिकाले आफूले के कुरा खाइरहेको छु, कस्तो खानेकुरा खाइरहेको छु भनेर थाहा नपाउने हुँदा पोषणसम्बन्धी समस्या र पाचन प्रणालीमा समस्यासमेत देखिन सक्ने मन्त्रालयले जनाएको छ । 

    मन्त्रालयले खाना खुवाउँदा अभिभावकले बालबालिकासँग कुराकानी गरेर डुलेर, गीत गाएर वा उनीहरुको हाउभाउमा प्रतिक्रिया दिँदै खुवाउन आग्रह गरेको छ । 

    यसैगरी मोबाइलमा लत लागेका बालबालिकामा एकोहोरो हुने, रिसाउने, झर्किने, रुने, दोहोरो कुरा नगर्नेजस्ता समस्या देखिन सक्ने बताइएको छ । 

    यस्तै बच्चा ठूलो भएपछि झन् खान नमान्ने वा राम्ररी नचपाई खानेकुरा छिटो निल्ने समस्या बढ्नाका साथै  सुत्नुभन्दा अगाडि मोबाइल हेरेका बालबालिकामा मोबाइल स्क्रिनबाट आउने उज्जालोले निद्रा लाग्ने हार्मोन उत्सर्जनमा समस्या हुने बताइएको छ ।