आइतबार, भाद्र २८ गते २०८३
images

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

एक्सप्रेस पाना
आषाढ १३, २०८० बुधबार
  • 279
    SHARES
  • राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

    राष्ट्रपति रामचन्द्र पौडेल त्रिवि कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारपछि डिस्चार्ज भई राष्ट्रपति निवास फर्कनुभएको छ ।

    images

    उहाँ यही असार २ गते अस्पतालमा भर्ना भई विभिन्न परीक्षण, चिकित्सकको निगरानी तथा उपचारपछि आज दिउँसो निवास फर्कनुभएको हो । चिकित्सकका अनुसार उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

    राष्ट्रपति पौडेलले उपचारका लागि गठित विशेषज्ञ समूहमा संलग्न चिकित्सक, परामर्श समूहमा संलग्न विभिन्न अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी तथा सुरक्षाकर्मीका साथै उहाँको स्वाथ्यप्रति चासो एवं चिन्ता व्यक्त गर्ने सम्पूर्णमा धन्यवाद दिनुभएको छ ।

    images