आइतबार, भाद्र २८ गते २०८३
images

खोप लिन निगमको जहाज चीन जाँदै

एक्सप्रेस पाना
भाद्र ३१, २०७८ बिहीबार
  • 234
    SHARES
  • खोप लिन निगमको जहाज चीन जाँदै

    भदौ ३१ काठमाडौं । कोरोनाविरुद्धको भेरोसेल खोप लिन आज नेपाल एयरलाइन्सको विमान आज चीन जाँदै छ। सरकारले चीनबाट खरिद गरेको ४४ लाख डोज खोप भोलि नेपाल आइपुग्ने छ। 

    images

    सरकारले चीनसँग पछिल्लो पटक ६० लाख डोज भेरोसेल खोप खरिद गरेको थियो। जसमध्ये १६ लाख डोज खोप भदौ ४ र ५ गते नै आइसकेको छ। खरिद गरेको बाँकी ४४ लाख डोज खोप लिन नेपाल वायु सेवा निगमको वाइडवडी ३३० जहाज आज साँझ ५ः ४५ बजे बेइजिङ तर्फ जाने छ। आज बेइजिङका लागि जाने विमानले भोली शुक्रबार बिहान भेरोसेल खोप लिएर नेपाल आइपुग्ने छ। 

    यसअघि निगमको जहाज खोप लिन बुधबार नै जाने र आज खोप ल्याउने बताइएको थियो। तर पछि शंसोधन गर्दै एक दिन पछाडि सारिएको स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन्।

    images

    भेरोसेल खोप यसअघि एक भाइलमा दुई डोज मात्र हुन्थ्यो। जसका कारण एक पटकको फ्लाइटमा ८ लाख भाइल ल्याउने गरिएको थियो। तर अहिले चीनले एक भाइलमा ५ डोजको खोप उत्पादन गर्दै आएको छ। जसका कारण एकै पटक ४४ लाख डोज खोप ल्याउन सकिने भएको हो।​ भेरोसेल खोप सुरुमा एक भाइलमा एक डोज, त्यसपछि एक भाइलमा दुई र अहिले एक भाइलमा पाँच डोज आउन थालेको हो। सरकारले आगामी चैतसम्म सबै नागरिकलाई खोप लगाउने लक्ष्य लिएको छ।