काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटार छाडेका छन् ।सर्वोच्च अदालतको आदेशबमोजिम देउवा मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीले बुधबार बालुवाटार छाडेका हुन् ।
ओली बालुवाटारबाट निस्कँदै गर्दा नेकपा एमाले निकट युवा विद्यार्थी स्कटिङका लागि बालुवाटार पुगेका थिए ।सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि पदमुक्त भएका ओलीले बुधबार बिहान साढे ११ बजेतिर बालुवाटार छोडेका हुन्।
केपी ओली हाई हाई’ लगायत नारा लगाइएको छ।ओलीको कार्गेटलाई युथ फोर्सका कार्यकर्ताले मोटरसाइकल र गाडीले स्कर्टिङ गरेका छन्।
हर्न बजाएर सवारी चलाउँदै उनीहरूले नाराबाजी गरिरहेका छन्। उनीहरूले गाडीमा केपी ओलीको डमी पनि बोकेका छन्।
.jpg)


