आइतबार, भाद्र २८ गते २०८३
images

डेंंगी सङ्क्रमितको सङ्ख्या बाह्र सय पुग्यो

एक्सप्रेस पाना
आषाढ २५, २०८० सोमबार
  • 232
    SHARES
  • डेंंगी सङ्क्रमितको सङ्ख्या बाह्र सय पुग्यो

    काठमाडौँ I वर्षा यामको सुरुवातसँगै डेंंगी रोगको सङ्क्रमण फैलन नदिन इपिडियमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सरसफाइमा ध्यान दिन आग्रह गरेको छ ।

    images

    महाशाखाले आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा महाशाखाका प्रमुख डाक्टर रुद्र मरासिनीले हप्ताको एक दिन सबै सरकारी कार्यालयहरूमा र व्यक्तिले आफ्नो घर तथा टोलमा सरसफाइ अभियान चलाउन आग्रह गर्नुभयो ।

    महाशाखाले डेंंगी रोग रोकथामका लागि गत वर्षदेखि आउँदो पुष महिनासम्मका लागि विशेष कार्य योजना बनाई काम गरिरहेको डाक्टर मरासिनीले जानकारी दिनुभयो ।

    images

    अन्तरक्रियामा दिइएको जानकारी अनुसार, यो वर्ष अहिलेसम्म डेंगो रोगका बिरामीको सङ्ख्या करिब १२ सय पुगेको छ भने यो वर्ष डेंंगी लागेर एक जनाको मृत्यु भएको छ ।

    सन् २०२२ सम्ममा डेंंगीका बिरामीको सङ्ख्या ५४ हजार ७ सय ८४ पुगेको र डेंंगीका कारण ८८ जनाको मृत्यु भइसकेको छ ।

    काठमाडौँ उपत्यकामा डेंंगी सङ्क्रमितको सङ्ख्या ५६ प्रतिशत रहेको सो अवसरमा जानकारी दिइयो ।