भदौ ३१ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप १ हजार ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार १७९ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज थपिएकासँगै नेपालमा सक्रिय संक्रमित २५ हजार ७७२ जना रहेका छन् ।
त्यस्तै विगत २४ घण्टामा १ हजार ६८९ जना संक्रमणमुक्त भएका छन् भने ११ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कूल ११००२ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् ।


