शनिबार, भाद्र २७ गते २०८३
images

चीनबाट आइपुग्यो ४४ लाख डोज भेरोसेल खोप

एक्सप्रेस पाना
आश्विन १, २०७८ शुक्रबार
  • 565
    SHARES
  • चीनबाट आइपुग्यो ४४ लाख डोज भेरोसेल खोप

    असोज १ काठमाडौं । सरकारले खरीद गरेको कोभिड १९ विरुद्धको चिनियाँ भेरोसेल खोप काठमाडौं आइपुगेको छ ।

    images

    वरिष्ठ क्याप्टेन विजय लामाको नेतृत्वमा नेपाल वायुसेवा निगमको विमान ४४ लाख मात्रा खोप लिएर शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको स्वास्थ्य मन्त्रालय खोप महाशाखा प्रमुख डाक्टर सागर दाहालले जानकारी दिए । खोप ल्याउन विमान बिहीबार राती बेइजिङ उडेको थियो ।

    खोपलाई टेकुस्थित स्टोरमा भण्डारण गरिने दाहाले बताए । उनका अनुसार खोप तुरुन्तै लाउन सुरु गरिनेछ । हामी तयार छौं । निश्चित उमेर समूहलाई लगाउँछौं, उनले  भने ।

    images