शनिबार, भाद्र २७ गते २०८३
images

पछिल्लो २४ घन्टामा थप १ हजार ५५८ जनामा कोरोना पुष्टि, थप १० को मृत्यु 

एक्सप्रेस पाना
आश्विन १, २०७८ शुक्रबार
  • 293
    SHARES
  • पछिल्लो २४ घन्टामा थप १ हजार ५५८ जनामा कोरोना पुष्टि, थप १० को मृत्यु 

    असोज १ काठमाडौ । मुलुकभर पछिल्लो २४ घण्टामा थप १ हजार ५५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ३८५ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ५५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज थपिएकासँगै नेपालमा सक्रिय संक्रमित २५ हजार ४९७  जना रहेका छन् ।

    त्यस्तै विगत २४ घण्टामा १ हजार ३५१ जना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७४६५६६ पुगेको छ । विगत २४ घन्टामा १० जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कूल ११०१२ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् । 

    images