आइतबार, भाद्र २८ गते २०८३
images

देशभर डेंगीबाट १४ हजार २ सय संक्रमित

एक्सप्रेस पाना
श्रावण ३२, २०८० बिहीबार
  • 318
    SHARES
  • देशभर डेंगीबाट १४ हजार २ सय संक्रमित

    काठमाडौँ । देशभर अहिलेसम्म डेंगीबाट १४ हजार २ सय जना संक्रमित भएका छन्।

    images

    कोशी प्रदेशको सुनसरी जिल्लामा मात्रै ९ हजार संक्रमित रहको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.रुद्र मरासिनीले जानकारी दिनुभयो।

    डा.मरासिनीले डेंगी संक्रमण वर्षा यामसँगै सुरु भएर दशैँ तिहारसम्म रहन सक्ने भएकाले सतर्क रहन अनुरोध गर्नुभयो।

    images

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.मरासिनीले विभिन्न रोगबाट पीडित १० जनाको डेंगी सङ्क्रमणका कारण मृत्यु भएको जानकारी दिनुभयो।

    डेंगीबाट सबैभन्दा बढी संक्रमित सुनसरी, धादिङ र मोरङ जिल्ला रहेका छन् भने अहिलेसम्म डोल्पा र मुगु जिल्लामा संक्रमण शुन्य रहेको छ।