काठमाडौं : विभिन्न मागहरु राख्दै १२ दिन देखि चिकित्सा संघर्ष समितिले आन्दोलन गर्दै आएको छ ।
आज माईतिघर मण्डलामा स्वेच्छाचारी चिकित्सा शिक्षा ऐन संसोधन, सिटिभिटीको तुरुन्त पुनर्स्थापना, प्रि-डिप्लोमा तहका स्वास्थ्य कार्यक्रमलाई स्तरउन्नती गर्न बाँकी रहेका संस्थाहरुको स्तरउन्नती गरी तत्काल भर्ना खोल्नुपर्ने ,आयोग र CTEVT को बदनियतले बन्द भएका नर्सिङ्ग कलेजहरुमा तत्काल भर्ना खोल्नुपर्ने, कलेज बन्द हुँदा रोजगारी खोसिएका पेशाकर्मी तथा कर्मचारीहरुको रोजगारीको निश्चित गर्नुपर्ने ,छात्रवृत्तिमा विभेद अन्त्यगरी समानताका आधारमा छात्रवृत्तिको अवसर पाउने निश्चित गर्नुपर्ने ,पारामेडिकल अन्तर्गतका नर्सिङ लगायतका विषयहरू चिकित्सा शिक्षाबाट अलग गर्नुपर्ने, खुला बजार अर्थनिति अनुसार शुल्क निर्धारण हुने व्यवस्था गर्नुपर्ने , हरेक तहका लागी छुट्टाछुट्टै अस्पताल चाहिने अव्यवहारिक कार्यविधी खारेज गर्नुपर्ने ,विश्वविद्यालय, प्रतिष्ठानहरु, विषयगत काउन्सिलहरु र CTEVT को स्वायत्ततामाथि हस्तक्षेप तत्काल बन्द गर्नुपर्ने, WHO को मापदण्ड अनुसारका सवै विधा समेटि दरवन्दि कायम गरि तुरुन्त पदपूर्ति गर्नुपर्ने, स्वास्थ्य कर्मि तथा स्वास्थ्य संस्थाहरुको सुरक्षा, सुरक्षित काम गर्ने बातावरण, वृत्ति विकास तथा उच्च शिक्षा अध्ययन को अवसरको निश्चित गर्नुपर्ने, देशमा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा भएको लगानिको सुरक्षाको निश्चित गर्नुपर्ने, नेपाललाई मेडिकल, नर्सिङ्ग तथा पारामेडिकल शिक्षाको गन्तव्य बनाउने निति अख्तियार गर्दै शिक्षण संस्थाहरुमा कोटा पद्धती खारेज गर्नुपर्ने जस्ता मागहरु राखी उनिहरु धर्नामा आएका हुन ।
प्रदर्शनमा उनिहरुले ,राज्यले नीति बनाउने कि बेथिती ,MEC गर्दैछ भ्रमको खेती । यूवा विद्यार्थी विदेशमा , बेची, प्राविधिक शिक्षा मास्न पाइदैन । विभेदकारी MEC चाइदैन, कानुन जति निजीलाई । मेडिकल शिक्षा गिरीलाई , विदेशी भर्ना तारे होटलमा । नेपालमा भर्ना १० महिनामा, नेपालमा पढ्दा चिकित्सा ऐन ।विदेशमा पढ्दा मन बेचैन, गरिखान देउ सरकार ,CTEVT र MEC का कर्मचारी र पदाधिकारीहरुको सम्पती छानविन गर जस्ता प्लेकार्डहरु बोकेका थिए ।


