शनिबार, भाद्र २७ गते २०८३
images

मोदीको जन्मदिनमा २ करोड भारतीय नागरिकलाई खोप

एक्सप्रेस पाना
आश्विन ३, २०७८ आइतबार
  • 279
    SHARES
  • मोदीको जन्मदिनमा २ करोड भारतीय नागरिकलाई खोप

    एजेन्सी ३ असोज । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको अवसरमा दुई करोड भारतीयलाई कोभिड खोप लगाइएको छ । मोदीको ७१औं जन्मदिनको अवसरमा एकै दिनमा दुई करोडलाई खोप लगाइएको हो । यो एकै दिन लगाइएको अहिलेसम्मकै धेरै परिणामको खोप हो ।
    यसअघि २७ अगस्टमा एकैदिन एक करोड ३० लाखलाई खोप लगाइको थियो । 

    images

    भारतले सन् २०२१ को अन्त्यसम्म खोप लगाउन योग्य सबै नागरिकलाई खोप लगाउने उद्देश्य राखेको छ । तर, सो लक्ष्य पुरा गर्न निरन्तर खोप अभियान चलाइनुपर्ने विज्ञहरूको जोड छ । तीन थरिका कोभिड खोप गरी अहिलेसम्म ७९ करोड भारतीयले पूर्णखोप लगाएका छन् । त्यस्तै, ५९ करोड भन्दाबढीले कोभिडको पहिलो डोज लगाएका छन् । तर, गत ज्यानुअरीमा खोप अभियान सुरु भएपछि जम्मा २० प्रतिशत बयस्कले खोप लगाएका छन् ।
     
    भारतमा अहिलेसम्म ३ करोड भन्दाबढी कोरोनाबाट संक्रमित भइसकेका छन् । विश्वमा अमेरिकापछि भारत कोभिडबाट सवैभन्दा बढी प्रभावित छ । भारतमा कोभिडबाट अहिलेसम्म चार लाख ४० हजारको मृत्यु भइसकेको छ ।