आइतबार, भाद्र २८ गते २०८३
images

आज देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द

एक्सप्रेस पाना
भाद्र ३१, २०८० आइतबार
  • 281
    SHARES
  • आज देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द

    नेपाल चिकित्सक संघले आज (आइतबार) देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा बन्द गर्ने भएको छ ।

    images

    मकवानपुरको हेटौंडास्थित सन्चो अस्पतालमा दुई चिकित्सकमाथि आक्रमण गरिएको विरोधमा संघले आज आकस्मिकबाहेकका सेवा बन्द गर्ने भएको हो ।

     ‘नेपाल चिकित्सक संघबाट मिति २०८० भाद्र २७ गते ७२ घण्टाको अल्टिमेटम दिई दोषीहरूलाई कानूनी कारवाही गर्न माग गरिएको थियो ।

    images

    सो घटनाका सम्बन्धमा नेपाल सरकारले सम्पूर्ण दोषीहरूलाई कानूनी दायरामा नल्याएको हुनाले नेपाल चिकित्सक संघ बाध्यताबस मिति २०८० भाद्र ३१ गतेदेखि आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गर्न बाध्य भएको जानकारी गराइन्छ’, संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

    यही भदौ २७ गते डा. थापा र डा. विडारीमाथि बिरामीको उपचार गरिरहेको अवस्थामा सांघातिक आक्रमण भएको थियो ।

    गत बुधबार मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१ मा रहेको सञ्चो अस्पतालमा कार्यरत डाक्टर थापा तथा बिडारीलाई कुटपिट गरिएको थियो ।

     डेङ्गु रोगबाट सङ्क्रमित बिरामीको उपचारमा लापरवाही गरेको भन्दै उनका आफन्तले दुई चिकित्सकमाथि हातपात तथा कुटपिट गरेका थिए ।