आइतबार, भाद्र २८ गते २०८३
images

जङ्गली च्याउ खाँदा गुल्मीमा तीन जना बिरामी

एक्सप्रेस पाना
कार्तिक १४, २०८० मंगलबार
  • 394
    SHARES
  • जङ्गली च्याउ खाँदा गुल्मीमा तीन जना बिरामी

    गुल्मी, १४ कात्तिक : जङ्गली च्याउ खाँदा गुल्मीमा तीन जना बिरामी परेका छन्।

    images

    बिरामी पर्नेमा जिल्लाको इस्मा गाउँपालिका-६ बुल्मका ३९ वर्षीय सरिता कुमाल, ११ वर्षीय विमल र आठ वर्षीया सुस्मा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

    उनीहरु तीनै जनाको अहिले मिसन अस्पताल पाल्पामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभएको छ। उनीहरु घर नजिकै खेतमा उम्रिएको च्याउ खाँदा सोमबार बिरामी परेको सरिता श्रीमान् वृषबहादुरले बताउनुभयो।

    images