आइतबार, भाद्र २८ गते २०८३
images

भुकम्पका घाईतेका लागि अखिल क्रान्तिकारीले थाल्यो रक्तदान कार्यक्रम

एक्सप्रेस पाना
कार्तिक २०, २०८० सोमबार
  • 325
    SHARES
  • भुकम्पका घाईतेका लागि अखिल क्रान्तिकारीले थाल्यो रक्तदान कार्यक्रम

    काठमाडौं । भुकम्प पीडित घाइतेको उपचारमा रगत अभाव हुन नदिन नेकपा (माओवादी केन्द्र) निकटको अखिल(क्रान्तिकरी) ले रक्तदान कार्यक्रम शुरु गरेको छ।

    images

    क्रान्तिकारीको केन्द्रीय समितिले शिक्षण अस्पताल महाराजगञ्जमा एक साता सम्म चल्ने गरी रक्तदान कार्यक्रम शुरु गरेको अखिल क्रान्तिकारीका उपाध्यक्ष जिपी मैनालीले बताए।

    सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी) सम्वद्ध नेता कार्यकर्ता, शुभचिन्तक तथा इच्छुक नागरिकलाई रक्तदानमा सहभागी हुन अपिल समेत गरेको छ।

    images

    No description available.