आइतबार, भाद्र २८ गते २०८३
images

भूकम्प प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालको स्वास्थ्य सेवा

एक्सप्रेस पाना
कार्तिक २०, २०८० सोमबार
  • 317
    SHARES
  • भूकम्प प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालको स्वास्थ्य सेवा

    गत शुक्रबार जाजरकोट जिल्लाको बारेकोट रामीडाँडा केन्द्र बिन्दु बनाएर गएको भूकम्पमा परी घाइते तथा अंगभंग भएकाहरुको उपचारको लागि सशस्त्र प्रहरी बल नेपालबाट डा. रोशन पराजुली र डा. निश्चल घिमिरेको कमाण्डमा दुई वटा स्वास्थ्यकर्मीको टोली परिचालित छ।

    images

    डा. रोशन पराजुलीको कमाण्डमा खटिएको स्वास्थ्यकर्मीको टोलीले रुकुम पश्चिम जिल्लाको मिसन अस्पताल चौरजहारीमा रहेर घाइतेहरुको उपचार गरिरहेको छ भने डा. निश्चल घिमिरेको टोलीले जाजरकोट जिल्लाको जिल्ला अस्पताल जाजरकोटमा रहेर स्वास्थ्य सेवा प्रदान गरिरहेको छ।  

    भूकम्पपश्चात नेपाल एपीएफ अस्पताल बलम्बु, काठमाडौंबाट डा. रोशन पराजुलीको कमाण्ड ९ जना रुकुम पश्चिमको लागि र सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट डा. निश्चल घिमिरेको कमाण्डमा ४ जनाको स्वास्थ्यकर्मीको टोली जाजरकोटको लागि खटिएको थियो।

    images