आइतबार, भाद्र २८ गते २०८३
images

उपत्यकामा ४० प्रतिशतले लगाए दुबै डोजको खोप

एक्सप्रेस पाना
आश्विन ६, २०७८ बुधबार
  • 600
    SHARES
  • उपत्यकामा ४० प्रतिशतले लगाए दुबै डोजको खोप

    असोज ६ काठमाडौं ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको असोज ४ गतेसम्मको तथ्याङ्कअनुसार काठमाडौं उपत्यकामा ४० प्रतिशतले कोरोनाविरुद्धको दुवै डोज खोप लगाएका छन् । उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा ४१ प्रतिशत, भक्तपुरमा पनि ४१ प्रतिशत र ललितपुरमा ३८ प्रतिशतले कोरोनाविरुद्धको दुवै डोज खोप लगाइसकेका छन् । 

    images


    सरकारले असोज मसान्तसम्ममा खोप लगाउन योग्यमध्ये ३३ प्रतिशतलाई दुवै डोज खोप लगाउने लक्ष्यसहित अभियानलाई प्रभावकारी रूपमा अघि बढाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले चैत मसान्तसम्म खोप लगाउन योग्य सबै नागरिकलाई दुवै डोज खोप लगाउने गरी प्रक्रिया अघि बढाउन निर्देशन गरिसकेका छन् ।

    बागमती प्रदेशमा २९ प्रतिशतले दुवै डोज खोप लगाएका छन् ।

    images