शनिबार, भाद्र २७ गते २०८३
images

आज थप १४७८ जनामा कोरोना पुष्टि, ६ को मृत्यु

एक्सप्रेस पाना
आश्विन ६, २०७८ बुधबार
  • 417
    SHARES
  • आज थप १४७८ जनामा कोरोना पुष्टि, ६ को मृत्यु

    असोज ६ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप १ हजार ४७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ९३० जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ४७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज थपिएकासँगै नेपालमा सक्रिय संक्रमित २१ हजार १३९ जना रहेका छन् ।

    त्यस्तै विगत २४ घण्टामा १ हजार ६३० जना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७५५६३० पुगेको छ । विगत २४ घन्टामा ६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कूल ११०५९ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् 

    images