शनिबार, भाद्र २७ गते २०८३
images

प्रतिनिधि सभा र राष्ट्रिय सभा अधिवेशन साउन ३ गते

एक्सप्रेस पाना
आषाढ ३१, २०७८ बिहीबार
  • 398
    SHARES
  • प्रतिनिधि सभा र राष्ट्रिय सभा अधिवेशन साउन ३ गते

    ३१ आषाढ  सरकारले साउन ३ गते प्रतिनिधि सभा र राष्ट्रिय सभा अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ ।
    मन्त्रिपरिषद्‌को बिहीबार सिंहदरबारमा बसेको बैठकले साउन ३ गते प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिसको निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
    बैठकपछि मन्त्री कार्कीले भने साउन ३ गते आइतबार अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेका छौं ।

    images

    मन्त्रिपरिषद्को सिफारिसमा जेठ ८ गते राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै आउँदो कात्तिक २६ र मंसिर ३ गते निर्वाचन गर्ने गरी मिति तोकेकी थिइन् । तर प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा असार २८ गते सर्वोच्च अदालतको फैसलाले प्रतिनिधिसभा बूँतिएको थियो । राष्ट्रिय सभाको अधिवेशन पनि असार २८ गते अन्त्य गरिएको थियो ।

    प्रवक्ता कार्कीका अनुसार बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग म्याद १ वर्ष थप गर्ने निर्णय गरिएको छ । देउवाले साउन पहिलो सात नै बिश्वासको मत लिने बताएका छन्। 

    images