आइतबार, भाद्र २८ गते २०८३
images

गाती युवा क्लबको आयोजनामा दुई दिने नि:शुल्क स्वास्थ शिविर हुने

एक्सप्रेस पाना
पौष १९, २०८० बिहीबार
  • 586
    SHARES
  • गाती युवा क्लबको आयोजनामा दुई दिने नि:शुल्क स्वास्थ शिविर हुने

    सिन्धुपाल्चोक (बाह्रबिसे), पुस १९ । गाती युवा क्लबको आयोजनामा आगामी माघ ५ र ६ गते वृहत् स्वास्थ शिविर हुने भएको छ।

    images

    क्लबले बाह्रबिसे नगरपालिका वडा नम्बर ६ मा रहेको यार्सा स्वास्थ केन्द्रमा ५ गते र ६ गते गातीमा स्वास्थ शिविरको आयोजना गर्न लागेको हो।

    उक्त स्वास्थ शिविरमा जनरल स्वास्थ, सुगर, दन्त सेवा परामर्श, स्त्री रोग सम्बन्धि चेकजाँच तथा परामर्श, ईसिजि, ब्लड प्रेसर, निशुल्क औषधी वितरण लगायत अन्य सेवाहरु पनि उपलब्ध हुने क्लबले जनाएको छ।

    images

    क्लबले नमस्ते नेपालको सहयोगमा यस शिविरको आयोजना गर्न लागेको हो।

    यस क्लबले विगतमा पनि विभिन्न सामाजिक कार्य गर्दै आइरहेछ।