आइतबार, भाद्र २८ गते २०८३
images

पछिल्लो २४ घण्टामा थप १४७६ जनामा कोरोना पुष्टि, ९ को मृत्यु

एक्सप्रेस पाना
आश्विन ८, २०७८ शुक्रबार
  • 641
    SHARES
  • पछिल्लो २४ घण्टामा थप १४७६ जनामा कोरोना पुष्टि, ९ को मृत्यु

    असोज ८ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप १ हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ६९० जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज थपिएकासँगै नेपालमा सक्रिय संक्रमित २० हजार २८७ जना रहेका छन् ।

    त्यस्तै विगत २४ घण्टामा १ हजार ५५० जना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७५८५०४ पुगेको छ । विगत २४ घन्टामा ९ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कूल ११०८१ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् 

    images