सिन्धुपाल्चोक (बाह्रबिसे), माघ ५। गाती युवा क्लबको आयोजनामा पहिलो दिन यार्सा स्वास्थ केन्द्रमा स्वास्थ शिविर सम्पन्न भएको छ।
क्लबले बाह्रबिसे नगरपालिका ६ मा रहेको यार्सा स्वास्थ केन्द्रमा शुक्रबार स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। शिविरमा २५० जनाभन्दा बढीले लाभ लिएको क्लबले जनाएको छ।
क्लबका अनुसार शिविरमा जनरल स्वास्थ्य, सुगर, दन्तसेवा परामर्श, स्त्री रोगसम्बन्धि चेकजाँच तथा परामर्श, ईसीजी, ब्लड प्रेसर, निशुल्क औषधी वितरण गरिएको थियो।
कम्युनिटि वेल्नेस सेन्टर प्रा.लि बनेपा र बी एन्ड बी मल्टि स्पेस्यालिटि डेण्टल क्लिनिक प्रा.ली बनेपाको १४ जना डाक्टरहरूले सेवा प्रदान गरेका हुन्। क्लबले नमस्ते नेपालको सहयोगमा यस शिविरको आयोजना गरेको हो। यस क्लबले विगतमा पनि विभिन्न सामाजिक कार्य गर्दै आइरहेछ।


