माघ ९, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपति पदका लागि ४३ जनाले आवेदन दिएका छन्। ती आवदेन भेरिफाइ गर्ने र कुनै कागज अपुग भए झिकाउने काम भइरहेको शिक्षा मन्त्रालयले जनाएको छ।
कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खुला प्रतिस्पर्धाको आधारमा उपकुलपति छनोट प्रक्रिया अघि बढाउन निर्देशन दिएपछि सहकुलपतिसमेत रहेका शिक्षा मन्त्री अशोक कुमार राई नेतृत्वको सिफारिस समितिले पुस तेस्रो साता आवेदन माग गरेको थियो।
उपकुलपतिका लागि आवेदन दिने म्याद १५ दिनको थियो। यो अवधिमा ४१ पुरुष र २ जना महिलासहित ४३ जनाको आवेदन परेको शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारीले जानकारी दिए।


