शनिबार, भाद्र २७ गते २०८३
images

मुगुमा भाइरल ज्वरोः तीन जनाको मृत्यु

एक्सप्रेस पाना
माघ ११, २०८० बिहीबार
  • 260
    SHARES
  • मुगुमा भाइरल ज्वरोः तीन जनाको मृत्यु

    मुगु ११ माघ । जिल्लाको सोरुगाँउपाली-६ पुरुमुरु गाँउमा ‘भाइरल’ ज्वरोका कारण तीन जनाको मृत्युभएको छ। 

    images

    भाइरल ज्वरोले सोरुगाँउपालिका-६ पुरुमुरु गाँउका वर्ष ७२ का हरिबहादुर शाही, ७५ वर्षकी कृति छन्त्याल र २४ वर्षीया कुसुम ढोलीको मृत्यु भएको सोरुगाँउपालिका-६ जिमा गाँउका कर्णजित बुमीले राससलाई बताउनुभयो। 

    जिल्लाका पुरुमुरु,जिमा,भिई,नार्थपु,सिप,ख्याल्च,वुम्च,लगायत गाउँका सर्वसाधारण भाइरल ज्वरोले पीडित भएका छन्। जिल्ला अस्पताल बिरामीले भरिएका छन्। 

    images

    गाँउभर बिरामी छन् तर, स्थानीय सरकारबाट कुनै किसिमको सहयोग नभएको उहाँले गुनासो गर्नुभयो। विपन्न वर्ग उपचारको अभावमा छटपटाइरहेका छन्। स्वास्थ्यचौकीमा सिटामोलसमेत नपाइने अवस्था रहेको उहाँले बताउनुभयो। 

    यसैबीच, जिल्ला स्वास्थ्य कार्यालयले मङ्गलबार चिकित्सकसहितको टोलीबाट सोरुगाँउपालिका, पुरुमुरु र जिमा गाँउका एक सय ५० जनाभन्दा बढीको स्वास्थ्य परीक्षण गरेको छ। 

    जिल्ला अस्पतालका चिकित्सक कमल ढुङ्गानाले चिसोका कारण बिरामी बढेका बताउँदै ‘भाइरल फिबर’ नियन्त्रण हुन केही समय लाग्ने जानकारी दिनुभयो। उहाँले तारन्तार पसिना आउने, टाउको दुख्ने, मांसपेसी दुख्ने, खानामा अरुची हुने, कमजोर महसुस हुने भाइरल फिबरका लक्षण हुन् भन्नुभयो।