बुधबार, भाद्र २४ गते २०८३
images

सेनाको यान्त्रिक सेवा महानिर्देशनालय निरीक्षणमा रक्षामन्त्री

एक्सप्रेस पाना
माघ १२, २०८० शुक्रबार
  • 396
    SHARES
  • सेनाको यान्त्रिक सेवा महानिर्देशनालय निरीक्षणमा रक्षामन्त्री

    काठमाडौँ, १२ माघ :उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सुन्दरीजलस्थित सैनिक सामग्री उत्पादन तथा यान्त्रिक सेवा महानिर्देशनालयको निरीक्षण गर्नुभएको छ।

    images

    त्यस अवसरमा उहाँले नेपाली सेनाको क्षमता अभिवृद्धिमा महानिर्देशनालयले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो।

    नेपाली सेना बहुव्यवसाय उद्योग–जुत्ता कारखाना, सुन्दरीजल आर्सनल कार्यालय र सुन्दरीजल मिनरल वाटर प्लान्ट निरीक्षणका क्रममा उहाँले यस क्षेत्रमा कार्यरत सैनिक तथा गैरसैनिक सकल दर्जाको योगदानको प्रशंसा गर्दै प्रभावकारी ढङ्गबाट कार्यसम्पादनका लागि नेपाली सेना र कर्मचारीलाई हौसला दिनुभयो।

    images

    उपप्रधानमन्त्रीका साथ प्रधानसेनापति प्रभुराम शर्मा, रक्षासचिव किरणराज शर्मालगायत सहभागी हुनुहुन्थ्यो।

  • सम्बन्धित विषय:

  • # रासस