शनिबार, भाद्र २७ गते २०८३
images

आज थप ९५३ जनामा कोरोना पुष्टि , ६ को मृत्यु

एक्सप्रेस पाना
आश्विन ९, २०७८ शनिबार
  • 445
    SHARES
  • आज थप ९५३ जनामा कोरोना पुष्टि , ६ को मृत्यु

    असोज ९ काठमाडौं । मुलुकभर ९ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ५७९ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    images

    योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ८१ हजार १०५ पुगेको छ ।

    कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ३७१ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ५९ हजार ८७५ पुगेको छ ।

    images

    पछिल्लो २४ घण्टामा देशभर १० हजार ५७९ जनाको परीक्षण हुँदा हालसम्म कुल ४७ लाख ०६ हजार ६३४ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ । यसैगरी पछिल्लो २४ घण्टामा थप ६ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८७ पुगेको छ ।