शनिबार, भाद्र २७ गते २०८३
images

विगत २४ घण्टामा ८३४ नयाँ कोरोना संक्रमित थपिए , १२७९ संक्रमणमुक्त, ९ को मृत्यु 

एक्सप्रेस पाना
आश्विन १०, २०७८ आइतबार
  • 239
    SHARES
  • विगत २४ घण्टामा ८३४ नयाँ कोरोना संक्रमित थपिए , १२७९ संक्रमणमुक्त, ९ को मृत्यु 

    असोज १० काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा थप ८३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ७३६ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ८३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज थपिएकासँगै नेपालमा सक्रिय संक्रमित १९ हजार १४२ जना रहेका छन् ।

    त्यस्तै विगत २४ घण्टामा १ हजार २७९ जना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७६११५४ पुगेको छ । विगत २४ घन्टामा ९ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कूल ११०९६ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् 

    images