शनिबार, भाद्र २७ गते २०८३
images

विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा.केशरजङ्ग बराल नियुक्त

एक्सप्रेस पाना
फाल्गुण १०, २०८० बिहीबार
  • 448
    SHARES
  • विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा.केशरजङ्ग बराल नियुक्त

    काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा.केशरजङ्ग बराल नियुक्त भएका छन् ।

    images

    विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज त्रिविको रिक्त उपकुलपति पदमा बराललाई नियुक्त गरेका उनको सचिवालयले जनाएको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिले बरालसहित चित्रबहादुर बुढाथोकी र टङ्कनाथ धमलाको नाम सिफारिस गरेको थियो ।

    images

    उपकुलपति पदका लागि दरखास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएकामा प्रस्तुतीकरण एवं अन्तर्वार्तापछि नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको थियो ।

     

  • सम्बन्धित विषय:

  • # प्रा.डा.केशरजङ्ग बराल