शनिबार, भाद्र २७ गते २०८३
images

काठमाडौंमा १८ वर्षमाथिका सबैलाई आजबाट कोरोनाविरूद्ध खोप

एक्सप्रेस पाना
आश्विन ११, २०७८ सोमबार
  • 259
    SHARES
  • काठमाडौंमा १८ वर्षमाथिका सबैलाई आजबाट कोरोनाविरूद्ध खोप

    असोज ११ काठमाडौं । आजदेखि काठमाडौंमा १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप दिइने भएको छ । तीन दिनसम्म चल्ने खोप कार्यक्रमअन्तर्गत १८ वर्षमाथिका सबै नागरिकलाई भेरोसेल खोपको पहिलो डोज दिइने स्वास्थ्य कार्यालय काठमाडौंले जानकारी दिएको छ ।

    images

    जिल्ला स्वास्थ्य कार्यालय प्रमुख बद्रीबहादुर खड्काले खोप प्रदान गर्न काठमाडौंका १२ वटै पालिका र सात अस्पतालमा केन्द्र तोकिएको जानकारी दिए । काठमाडौं महानगरपालिकाको हकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको अस्पताल तथा वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसुतीगृहमा खोप केन्द्र निर्धारण गरिएको छ ।

    बाँकी पालिकाका खोप केन्द्रमा खोप लगाइने जनाइएको छ । खोप लिनेले अनिवार्य अनलाइन फारम भर्नुपर्ने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।

    images