काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रतिनिधिसभामा सांसदहरुले समसामयिक विषयमा उठाएका जिज्ञासाको जवाफ दिदैं छन् ।
कार्यव्यस्तताका कारण प्रधानमन्त्रीले सांसदका प्रश्नहरुको जवाफ सदनमा दिन नसकेको जनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संसद् सचिवालयलाई पत्र पठाउँदै आजको बैठकमा प्रधानमन्त्रीले जवाफ दिने बताएको हो ।
प्रतिनिधिसभाका पछिल्ला बैथ्खारुमा प्रतिपक्षी दलका सांसदहरुले विभिन्न प्रकरणमा मुछिएका तीन मन्त्रीको राजीनामा र मुलुकको समसामयिक विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेपछि सभामुख देवराज घिमिरेले यही फागुन २१ गतेको बैठकमा जवाफ दिन सरकारलाई निर्देशन दिएका थिए ।


