शनिबार, भाद्र २७ गते २०८३
images

सबै बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको अनुरोध

एक्सप्रेस पाना
चैत्र २, २०८० शुक्रबार
  • 317
    SHARES
  • सबै बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको अनुरोध

    काठमाडौं । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले आफ्ना उमेर समूहका सबै बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउन अभिभावकसमक्ष अनुरोध गरेका छन् । 

    images

    शुक्रबार  सन्देश जारी गर्दै दादुरा–रुबेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै सरकारले सञ्चालन गरेको खोप अभियानमा अभिभावकलाई आफ्ना सबै बालबालिकालाई खोप लगाउन अनुरोध गरेका हुन् ।

    उनले सन् २०२६ मा दादुरा–रुबेला रोग निवारण गर्ने विश्वसामु प्रतिबद्धता जनाएको हुँदा उक्त खोप अभियान देशव्यापी रुपमा सञ्चालन गर्नु परेको उल्लेख गरेका छन् । 

    images

    सन्देशमा गत वर्षको मङ्सिरदेखि तराई, मधेस र काठमाडौँ उपत्यकामा फैलिएको हुँदा ती जिल्ला दादुराका लागि उच्च जोखिम क्षेत्र भनी पहिचान गरिएको उल्लेख गरेका छन् । 

    भारतसँग सीमा जोडिएका दादुरा–रुबेलाको अति सङ्क्रमित २१ तथा काठमाडौँ उपत्यकाका तीन गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका र ५१ जिल्लामा नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई पनि खोप लगाइँदै छ ।

    “दादुरा–रुबेला खोप अभियानमा दिइने यो खोप अतिरिक्त मात्रा हो । त्यसैले पहिलो यो खोप लगाएका वा नलगाएका सबैले यस अवसरमा खोप लगाउनुपर्दछ”, उनले भनेका छन् । 

    उनले खोप सेवा विभिन्न खोप केन्द्रबाट प्रदान भइरहेको र खोप केन्द्र सञ्चालन हुने स्थान र मितिबारे स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गरेर खोप लगाउन अनुरोध गरेका छन् ।

    गत फागुन १३ गतेदेखि दादुरा–रुबेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले पश्चिमरुकुम र जाजरकोटबाहेक ७५ जिल्लामा यही चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गरेको हो । ती जिल्लाका कूल ५७ लाख ४२ हजार नौ सय ९३ बालबालिका खोप लगाउने लक्ष्य राखिएको छ । 

  • सम्बन्धित विषय:

  • # जनसंख्यामन्त्री उपेन्द्र यादव