शनिबार, भाद्र २७ गते २०८३
images

कात्तिक ७ र ८ मा ‘भिटामिन ए’ खुवाउने अभियान

एक्सप्रेस पाना
आश्विन १२, २०७८ मंगलबार
  • 571
    SHARES
  • कात्तिक ७ र ८ मा ‘भिटामिन ए’ खुवाउने अभियान

    असोज १२ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी ७ र ८ कात्तिकमा भिटामिन खुवाउने अभियान सञ्चालन गर्ने भएको छ। यसअघि २ र ३ कात्तिकमा तय भएको अभियान दशैंका कारण मिति सारिएको हो ।

    images

    स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको सिफारिसमा तोकिएको मितिमा बालबालिकालाई भिटामिन ‘ए’, जुकाको औषधिसँगै बालभिटा पनि दिइनेछ। जसमा ६ महिनादेखि २३ महिनाका बालबालिकालाई बालभिटा (बहुसूक्ष्म पोषक तत्व), ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइदै छ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पनि सहजीकरणमा हुने कार्यक्रम सात सय ५३ वटै स्थानीय तहमा सञ्चालन हुनेछ। 

    images